एमाले महाधिवेशनमा प्रदेश–२ ले १ लाख जनता उतार्ने, महाेत्तरीबाट मात्रै १० हजार

File Photo
File Photo

नेकपा एमालेकाे आसन्न महाधिवेशनकाे उद्घाटनमा एमाले प्रदेश–२ कमिटीले एक लाख जनता उतार्ने तयारी गरेकाे छ।

प्रदेश अध्यक्ष समेत रहेकी एमाले केन्द्रीय सदस्य ज्वाला साहले महाधिवेशनस्थल चितवनमा प्रदेश २ का आठ जिल्लाबाट एक लाख जनता सहभागीकाे तयारी तिब्र रहेकाे जानकारी दिइन्।

'आठै जिल्लाका प्रत्येक वडाबाट कम्तिमा एक बसका दरले जनता महाधिवेशनमा लाने तयारी हाम्राे छ,' उनले भनिन्।

मंसिर १० गते चितवनमा महाधिवेशनकाे उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दै छन्। महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता सहभागी हुँदै छन्। 

त्यस्तै, प्रदेश २ काे महाेत्तरी जिल्लाबाटमात्रै चितवनमा १० हजार जनता उतार्ने तयारी गरेकाे एमाले महाेत्तरी अध्यक्ष तथा केन्द्रीय सदस्य टेकबहादुर वलम्पाकीले जानकारी दिए।

'जन परिचालन कमिटी मार्फत महाधिवेशनस्थल चितवनमा महाेत्तरीबाट १० हजार जनता उतार्दै छाैँ,' नेता बलम्पाकीले भने।

जिल्लाका १३८ वडाबाट १३८ ओठै बसबाट जनता चितवन लैजाने बलम्पाकीले बताए।

प्रकाशित मिति: : 2021-11-18 08:11:00

प्रतिकृया दिनुहोस्