हिउँदमा प्रदूषण कम गर्न सरकार के गर्दैछ?

बिबिसी

काठमाडौँ

वायुको गुणस्तरको सूचकाङ्क (एक्यूआई)अनुसार गत बिहीवारदेखि नै काठमाण्डूलगायत विराटनगर, वीरगन्ज, पोखराजस्ता ठूला सहरमा वायु प्रदूषण अस्वस्थकर तहमा रहेको देखिएको छ।

बिहीवार बिहान काठमाण्डूको एक्यूआई १५२ रहेकोमा शुक्रवार त्यो बढेर १७३ पुगेको छ।

एक्यूआई त्यति पुग्नु भनेको विश्व स्वास्थ्य सङ्गठनको वायु गुणस्तर निर्देशिकाले तोकेभन्दा बढी र अस्वस्थकर तहमा हो।

गत वर्ष पुस महिनामा काठमाण्डू उपत्यकाका विभिन्न ठाउँमा एक्यूआई ४०० भन्दा बढी पुगेर वायुको गुणस्तर निकै खराब भएको थियो।

वायु प्रदूषण हानिकारक अवस्थामा पुगेको भन्दै केही दिन विद्यालयहरू समेत बन्द गरिएको थियो।

प्रकाशित मिति: : 2021-11-22 09:25:00

प्रतिकृया दिनुहोस्