विश्वकप एसिया छनोट : नेपालले भुटानलाई हरायो

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित निकालेको छ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा मंगलबार भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो।  

भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो। 

नेपालको जितमा इन्दु बर्माले अविजित सर्वाधिक १८ रन बनाइन्। २४ बल सामना गर्दा बर्माले कुनै बाउण्ड्री प्रहार गरिनन्। 

सिता राना मगरले १७ तथा कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन। कविता जोशी ८ रनमा अविजित रहिन्। 

यसअघि टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभर ६ विकेट गुमाउँदै ६१ रन बनाएको थियो। 

भुटानका लागि ओपनरद्वय नवाङ छोडेन १३ रन र सोनाम पाल्दनले ११ रन जोडे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

प्रकाशित मिति: : 2021-11-23 18:00:00

प्रतिकृया दिनुहोस्