फुटबलर पेमा र वीनासहित आठजना राखेप बोर्ड सदस्यमा नियुक्त

Photo : NK
Photo : NK

फुटबलर पेमा लामा डोल्मा र बिना श्रेष्ठसहित आठजनालाई  युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बार्ड सदस्यमा नियुक्त गरेको छ।

बिहान खेलकुदमन्त्री  महेश्वर गहतराजले पेमा र बिनासहित आठ  बोर्ड सदस्यलाई नियुक्त गरेका हुन्। मन्त्रालयमा भएको एक कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको सपथ खाएका हुन्। बोर्ड सदस्यमा नियुक्त हुनेमा पेमा डोल्मा लामा, बिना श्रेष्ठ, मोहमद फाजिल, जनकप्रसाद बर्तौला, दिपेन्द्र विष्ट, प्रकाशकुमार कुसारी, अन्जन धमला र श्रीमान थापा मगर छन्।

पेमा पूर्वफुटबलर हुन्। हाल उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्य र महिला समितिको संयोजक हुन्। यस्तै बिना भने फिफा रेफ्री हुन्। यसअघि खेलकुद मन्त्रालय मन्त्रालयले राखेपमा नौ जना बोर्ड सदस्यलाई पदमुक्त गरेको थियो। रिक्त पदमा मन्त्रालयले नयाँ सदस्य नियुक्त गरेको हो।

यसअघि सरकारले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको थियो। एन्फाले नयाँ सदस्य सचिवका लागि खेलकुद ऐनअनुसार दस्ताखर आह्वान गरेको छ। 

प्रकाशित मिति: : 2021-11-26 12:35:00

प्रतिकृया दिनुहोस्