ओलीकाे निम्ताेमा देउवाले पाएको, प्रचण्डले गुमाएको मौका

शिलापत्र

बसन्त बस्नेत

चितवनमा फेरि एकपल्ट पाैराणिक धार्मिक ग्रन्थबारे राजनीतिक शास्त्रार्थ चल्याे। राम जन्मभूमिनजिकै सरयु नदी भएको, अनि त्यो चितवनमै भएको ओली दाबीले अन्य ठाउँमा कस्तो प्रतिक्रिया पाउला भन्ने हेर्न बाँकी छ। प्रचण्डको चुनाव क्षेत्र पसेर उनले भने आज शुक्रबार वाहवाही लुटे।

राेचक के भने देशकाे ठूलाे राजनीतिक पार्टी नेकपा एमालेले दशौँ महाधिवेशन गर्दैगर्दा छेउकाे एक पुस्तक स्टलमा 'गीता तिम्राे ज्ञान अमृत' नामक पुस्तक बिक्री भइरहेकाे थियाे। बिक्री पनि के भन्नु, ३ सय ४६ पेज माेटाे पुस्तककाे दाम जम्मा १५ रुपैयाँ मात्र हुनु नै राेचक कुरा थियाे। याद रहाेस्, पहिले एमालेका कार्यक्रमहरूमा कार्ल मार्क्स, एंगेल्स, लेनिन, मदन भण्डारी आदिका पुस्तक बिक्री हुन्थे। 

प्रकाशित मिति: : 2021-11-27 06:30:00

प्रतिकृया दिनुहोस्