बार्सिलोनाको छैटौं जित

File Photo
File Photo

बार्सिलोनाले स्पेनिस ला लिगामा छैटौं जित निकालेको छ। शनिबार राति भ्रमणकारी टोली बार्सिलोनाले घरेलु टोली भिल्लारियलमाथि ३–१ को सहज जित हात पारेको हो।

बार्सिलोनाको सहज जितमा फ्रान्की डि जोङ, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले समान १ गोल गरे। घरेलु टोलीका स्यामुइल चुकविइजीले एक गोल फर्काए।

प्रशिक्षक जाभि होर्नाण्डेजको नेतृत्वमा बार्सिलोनाको स्पेनिस ला लिगामा दोस्रो जित हो।

शनिबार राति भएको अन्य खेलमा मालोर्काले गटाफेसँग गोलरहित बराबर खेल्यो। यस्तै भ्यालेन्सिया र रायो भालेकोनोले १–१ गोलको बराबरी खेल्दैे अंक बाढेका हुन्।

सेल्टा भिगोले भने डिपोर्टिभो अलाभेसलाई २–१ ले पराजित गर्यो।

जितसँगै बार्सिलोना १४ खेलबाट २३ अंक जोडेर सातौ स्थानमा छ । पराजित भिल्लारियल १६ अंक जोडेर १२औं स्थानमा रहेको छ। शीर्षस्थानमा रहेको रियल मड्रिडको ३० अंक रहेको छ। 

प्रकाशित मिति: : 2021-11-28 08:36:00

प्रतिकृया दिनुहोस्