कहिले खेल्ने ‘मनोवैज्ञानिक’ खेल?

आधुनिक खेलकूदमा मैदानभित्र भन्दा बाहिरको मनोवैज्ञानिक खेलले धेरै हदसम्म जित-हार निर्धारण हुने गर्छ। तर, नेपालमा भने भर्खर मात्र यसको आवश्यकता महसूस हुन थालेको छ।

हिमाल खबर

काठमाडौँ

सन् २०१६ को १२औं दक्षिणएशियाली खेलकूद (साग) अन्तर्गत फूटबल फाइनलमा नेपालले भारतलाई २-१ ले हरायो। सन् १९९३ को छैटौं संस्करणपछि नेपालले साग फूटबलमा जितेको यो पहिलो स्वर्ण थियो। गुवाहटीस्थित घरेलु मैदानमा भारतले १-० को अग्रता लिइरहँदा दोस्रो हाफमा नेपालका प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठको गोलले पुनरागमन जित निकाल्यो।

'त्यो वेला भारतले नेपालमा नाकाबन्दी गरेको इगो हामीभित्र थियो, जितेरै छाड्छौं भन्ने सोचले खेलेका थियौं,' बुढाथोकी सम्झन्छन्, 'हामीसँग नेपालबाट दुई जना खेल मनोविद् गुवाहटी जानुभएको थियो। उहाँहरूले फाइनल म्याच अगाडि नाकाबन्दी लगायत धेरै कुरा सम्झएर देशका लागि खेल्न हामीलाई प्रोत्साहित गर्नुभयो। त्यसले मेरो आत्मविश्वास उच्च बनाइदियो।'

नेपाली टोलीलाई यस्तो मनोवैज्ञानिक प्रशिक्षण दिने मनोविद् दम्पती थिए- इन्द्र गुरुङ र राजेश्वरी श्रेष्ठ गुरुङ। काठमाडौंमा भएको सन् २०१९ को सागअघि पनि गुरुङ दम्पतीले नै खेलाडीलाई तीन दिन प्रशिक्षण दिएका थिए। उनीहरूका अनुसार, त्यतिवेला ताइवान, कोरिया, जापान र मलेसियाबाट समेत मनोविद् झिकाइएका थिए।
 

प्रकाशित मिति: : 2021-11-28 09:30:00

प्रतिकृया दिनुहोस्