युभेन्ट्सको सहज जित

Photo :APF
Photo :APF

इटालीयन सिरी ए मा  युभेन्ट्सले सातौँ जित निकालेको छ।  मंगलबार राति  भएको खेलमा युभेन्ट्सले सालेरनितानलाई २-० अन्तरले पराजित गरेको हो।

भ्रमणकारी टोली  युभेन्ट्सको जितमा पाउलो डिबला र अल्भारो मोरटाले १र१ गोल गरे।

जितपछि युभेन्ट्स १५ खेलमा २४ अंकका साथ सातौँ स्थानमा छ भने पुछारमा रहेको सालेरनितान मात्र आठ अंक जोड्दै तालिकाको पुछार तथा रेलिगेशन जोनमा छ। 

प्रकाशित मिति: : 2021-12-01 07:45:00

प्रतिकृया दिनुहोस्