सुनगाभामा विद्यार्थी कुट्ने शिक्षकलाई हामीले निस्काशन गर्‍यौः प्रधानाध्यापक श्रेष्ठ

मदन नेपाली

काठमाडौँ

झापाको बिर्ताामोडस्थित सुनगाभा इङ्लिस स्कुलले विद्यार्थीलाई अन्धाधुन्ध कुटपिट गरेका शिक्षक बिकास पोखरेललाई  स्कुलले  जागिरबाट निस्काशन गरेको छ। 

पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई बुधवार गृहकार्य नगरेको भन्दै कक्षा कोठामा निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट बालक तिम्सिनाको तिघ्रामा सुम्लो समेत बसेको छ। सोही विषयलाई लिएर बिद्यालय प्रशासनले शिक्षक पोखरेललाई जागिरबाट निस्काशन गरेको जनाएको छ। 

घटना पश्चात बिद्यालयले बालकका अभिभावक आफन्त, स्थानीय, जनप्रतिनिधि, प्रहरीसँगको छलफल पश्चात भएको निर्णयका आधारमा शिक्षक पोखरेललाई बिद्यालयबाट हटाइएको प्रधानाध्यापक मिलन श्रेष्ठले बताए। बिद्यालयमा घटेको उक्त घटना स्वीकार गर्दै प्रधानाध्यापक श्रेष्ठले अव उप्रान्त बिद्यालयमा यस्ता घटना नदोहोरिने प्रतिवद्धता समेत ब्यक्त गरे । कुटपिटबाट घाइते भएका बालक तिम्सिनाको स्वास्थ्य परिक्षण बिद्यालयले गरेको समेत उनले बताए।  

अविरलकी आमा अञ्जना तिम्सिनाले  बिद्यालयले छोराको उपचार गर्ने, शिक्षकलाई निस्काशन गर्ने लगायतका निर्णय भएको बताइन्।

प्रकाशित मिति: : 2021-12-04 13:01:00

प्रतिकृया दिनुहोस्