उपाधि जित्न सुदूरपश्चिमलाई २१३ रनको लक्ष्य

File Photo
File Photo

कप्तान देव खनाल र विशाल बिक्रम केसीको अर्धसतककाे मद्दतमा लुम्बिनी प्रदेशले यू-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको लुम्बिनी प्रदेशले कप्तान देव खनाल र विशालबिक्रम केसीको अर्धसतकीय इनिङसँगै  निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको हो।

मध्यम स्कोर बनाउने क्रममा लुम्बिनीको लागि कप्तान देवले ७० रन बनाए। ९५ बल खेलेका देवले ५ चौका र ४ छक्का प्रहार गरेका थिए। विशालबिक्रम केसीले ५१ रन बनाए। विशालले ६९ बल खेल्दै ४ चौका र २ छक्का हिर्काए। यस्तै, दुर्गेश गुप्ताले ३२ रन बनाउँदा विकेट किपर प्रज्वल थापाले २४ रनको योगदान दिए।

यता, टस जितेर फिल्डिङ गरेको सुदूरपश्चिमका लागि आकाश चन्दले सर्वाधिक ३ विकेट लिए। शेर मल्ल र हेमन्त धामीले समान २ विकेट लिँदा नरेन साउद र राहुल भण्डारीले समान १ विकेट हात पारे।

यस प्रतियोगिताबाट छनोट भएका खेलाडीले एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेट खेल्ने छन्। खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुनेछ। 
 

प्रकाशित मिति: : 2021-12-05 13:42:00

प्रतिकृया दिनुहोस्