सूर्य नेपाल गल्फ भोलिबाट

Photo : NK
Photo : NK

सूर्य नेपाल गल्फ टूर २०२१र२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ। आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने जनाएको छ।

प्रतियोगितामा ३४ प्रोफेस्नल र १२ एमेचर गरी ४६ गल्फर सहभागी हुने एसोसिएसनका अध्यक्ष दीपक आचार्यले जानकारी दिए। दुई होलमा हुने प्रतियोगिताको विजेताले ६ लाख ४० हजार प्राप्त गर्ने छन् भने दोस्रो हुनेले एक लाख १० हजार  र तेस्रोले ७४ हजार प्राप्त गर्ने छन्। यस्तै चौथोले ६० हजार प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए। २१ स्थान प्राप्त गर्ने खेलाडीले समेत पुरस्कार  पाउने छन्।

आयोजकले ६ खेलाडीलाई प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरेको छ। जसमा शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा, संजय लामा, रामे मगर, र १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोहोरो स्वर्ण पदक विजेता सुभाष तामाङ रहेका छन्।

आयोजकले यसबर्ष आठ प्रतियोगिता हुने तालिका सार्वजनिक गरेको छ।

 

प्रकाशित मिति: : 2021-12-05 16:56:00

प्रतिकृया दिनुहोस्