अमेरिकामा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन

BBC

अमेरिकामा सन् १९९६ मा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन भएको छ।

डोलको ९८ वर्षको उमेरमा सोमबार निधन भएको हो। उनी फोक्सोको क्यान्सरबाट पीडित थिए। राष्ट्रपति निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए। 

राष्ट्रपति जो बाइडनले डोलको निधनप्रति गहिरो संवेदनना व्यक्त गरेका छन्। डोल आफूले इतिहासमा विरलै देखिएका राजनीतिज्ञ भएको राष्ट्रपति  बाइडेनले टिप्पणी गरेका छन्। पूर्व सैन्य अधिकारीसमेत रहेका डोल विश्वयुद्धका समयमा झन्डै मारिएका थिए। 

क्यानसस राज्यबाट प्रतिनिधित्व गर्दै उनी लामो समय सिनेटर बनेका थिए। पूर्व राष्ट्रपति बाराक ओबामाले डोललाई युद्ध नायकको संज्ञा दिएका छन्।

प्रकाशित मिति: : 2021-12-06 08:33:00

प्रतिकृया दिनुहोस्