प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सिरहा र महोत्तरी तथा सर्लाही र बाराबीच खेल हुँदैछ। प्रदेश २ का आठ जिल्लामध्ये पाँच जिल्लाका महिला खेलाडी प्रतिगितामा सहभागिता छन्।
प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठका अनुसार धनुषा, पर्सा र रौतहट बाहेकका खेलाडी सहभागिता छन्। उनले भने, 'तीन जिल्लाका खेलाडि सहभागी गराउन सकिएन। ती जिल्लामा महिला खेलाडि नै भेटिएनन्। राजविराजस्थित राजरंगशालामा शुरू भएको पहिलो दिनको खेलमा बारा र सिरहा विजयी भएका छन्। सिरहाले सप्तरीलाई ९० रनले पराजित गरेका थियो भने बाराले महोत्तरीलाई आठ विकेटले पराजित गरी विजय सुरुवात गरेको छ।'
पहिलो खेलमा टस जितेर सिरहाले निर्धारित १४ ओभरमा एक विकेट गुमाएर एक सय २८ रन बनाएको थियो। जसमा सिरहाका अनुराधा चौधरीले अविजित ५२ रन र आरती चौधरी ले ५१ रन बनाए। बलिङतर्फ सप्तरीका कुनै खेलाडीले विकेट हात पार्न सकेन। एक जना खेलाडी रन आउट भएका थिए । प्रतिउत्तरमा सप्तरी १२ ओभरमा सबै विकेट गुमाएर ३३ रनमै सिमित बनेको थियो।
खेलमा सप्तरीकी सपना भुजेल १७ रन रहँदै अविजित बनिन। अन्य खेलाडीले दोहोरो अंक पार गर्न सकेनन्। यो सँगै सिरहा ९५ रनले विजयी भएको छ। विजय टिमका अनुराधा चौधरी म्यान अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले जानकारी दिए।
यसैगरी, दोस्रो खेलमा महोत्तरीले टस जितेर ब्याटिङ्ग गर्दै निर्धारित १२ ओभरको खेलमा तीन विकेट गुमाई ८२ रन बनाएका थिए। जसमा गोमा आले ४० रन र रोजी खत्रीले १४ रन बनाएका थिए। बलिङ्गतर्फ बाराका वन्दना गुप्ता २ र निकी कुशवाहाले समान एक विकेट हात पारेका थिए । प्रतिउत्तरमा बाराले अन्तिम बलमा अलिसा यादवले चौका प्रहार गरेपछि सहज जित भएको थियोे।
बाराका साना प्रवीणले उत्कृष्ट ब्याटिङ्ग गर्दै ३९ बलमा २८ रन बनाए। अलिसा यादव ५ रन अविजित रहेर खेलेकी थिइन्। बलिङ्गतर्फ महोत्तरीका रोजी खत्री र हेमा पटेलले १-१ विकेट हात पारेका थिए।
खेलको म्यान अफ दि म्याच विजय टिमका साना प्रविण बनेको सप्तरी क्रिकेट संघका सचिव यादवले बताए। सो अवसरमा दुबै खेलका म्यान अफ दि म्याच खेलाडीलाई प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठ र अन्तराष्ट्रिय खेलाडी महवुव आलमले कप प्रदान गरेका थिए।