टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता पुस अन्तिमबाट सुरू हुने भएको छ। आयोजक टाइगर ग्रप अफ पोखराले दोस्रो संस्करणको प्रतियोगिता २६ पुसबाट सुरू भई १ माघमा समापन हुने बताएको हो।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान पाँच टोली छन्। महिलातर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ, न्यू डायमण्ड एकेडेमी, त्रिभुवन आर्मी क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल (कास्की) रहेको छन्।
पुरुषतर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ र हेल्प नेपाल स्पोटर्स क्लब छन्।
पहिलो संस्करणको पुरुष तर्फको विजेता गण्डकी प्रदेश र महिलातर्फको विजेता नेपाल पुलिस क्लब हुन्। विजेताले ३–३ लाख पाउनेछन्।