रोयल ‘ए’ खुला महिला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
प्रोफेसनल एडुकेसन कन्सल्टेन्सीद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको फाइनलमा रोयल ‘ए’ ले नेपाल प्रहरी क्लब ‘बी’ लाई ११–९ ले पराजित गर्यो। विजयी टिमका लागि प्रतिक्षा मगरले सर्वाधिक ९ अंक योगदान गरिन्।
प्रतिक्षा नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन्। विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे। प्रतिक्षाले गिफ्ट ह्याम्पर पाइन्।
विजेतालाई नेपाल बास्केटबलका महासचिव नरेन्द्र थापा, प्रतियोगिता संयोजक सुवास दर्शनलगायतले पुरस्कृत गरे। चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको एकदिने प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।