बलिउड अभिनेता सलमान खानको चर्चित शो हो–‘बिग बोस–१५। जुन रियालिटी ‘कन्ट्रोभल्सिएल’ शो हो। जुन चर्चामा रहिरहन्छ। पछिल्लो समय शोमा ‘वाइड कार्ड एट्री’ भित्रिएका छन्।
जहाँ राखी सावन्त र उनका श्रीमान रितेश सिंह पनि आएका छन्। रितेशलाई लिएर केहीँ रहस्य जोडिएका छन्। जुन चर्चामा आइरहन्छ।
पछिल्लो केही वर्ष अघि राखी दाबी गरिरहेकी थिइन् उनको विवाह ‘रितेश’ नामक पुरुषसँग भएको छ। तर दर्शकहरु उनको कुरालाई विश्वास गरेनन्। जबसम्म आफैँले नै रितेशलाई देखेनन्।
तर अब रितेशको सच्चाई सबैको अगाडि आइरहेको छ। रितेशले राखीसँग भन्दा पहिले नै कुनै ‘स्निग्धा प्रिया’ नामकी एक महिलालाई विवाह गरेका थिए। जसको ६ वर्षका छोरा छन्। स्निग्धाले रितेशलाई ‘घरेलु हिंसा’ को आरोप लगाएकी छन्। उनका अनुसार रितेशले घण्टौँसम्म ‘बेल्ट’ ले हान्ने गथे।