‘हिमालय रोडिज’को चौथो सिजन सुरु भएको छ। हिमालय टेलिभिजनबाट सोमबारदेखि उक्त सिजन सुरु भएको हो।
हरेक सोमबार बेलुकी ८ बजे प्रसारण हुने शोमा यस पटक डिजिटल अडिसनबाट प्रतिस्पर्धी छानिएका छन्।
सिमोश सुनुवारले निर्देशन गरेको शोका होस्ट रेमनदास श्रेष्ठ रहेका छन् भने ग्याङ लिडरहरू लाहुरे, अनुपविक्रम शाही, दिया मास्के र समन श्रेष्ठ छन्।