श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ३-० को अग्रता

File Photo
File Photo

फरवार्ड रश्मीकुमारी घिसिङ, सविता राना मगर र कुशुम खतिवडाको गोलमा यु-१९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध नेपालले ३-० को अग्रता बनाएको छ।

ढाकामा जारी खेलमा पहिलो हाफको सुरुवाती १० मिनेटभित्र दुई गोल गर्दै नेपालले पहिलो हाफ आफ्नो नियन्त्रणमा राखेको हो। नेपालले श्रीलंकालाई पूर्ण रूपमा दबाबमा राखे पनि अन्यले गोल भने गर्न सकेनन्।

फरवार्ड कुशुम खतिवडा र डिफेण्डर सविना चौधरीलाई स्थान दिँदै प्रशिक्षक श्रेष्ठले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध विमला विक र दिपा शाहीलाई बाहिर राखेका हुन्।

श्रीलंकाविरुद्ध नेपाली टोलीका कप्तान गोलरक्षक अन्जना राना मगरले समाल्नेछिन्। यस्तै, डिफेन्समा सलोनी राना मगर, सविना चौधरी, रोजिना श्रेष्ठ र मन्जु कुमारी खड्का र मेनुका कुमारी आले मगरले निरन्तरता पाएका छन् ।

मिडफिल्डरमा प्रिती राई, सविता राना मगर, रश्मी कुमारी घिसिङले स्थान बनाउँदा फरवार्डमा रजनी थोकरसँगै कुशुमले मौका पाएकी छिन्। अघिल्लो खेलमा भुटानविरुद्ध कुशुमले ४८ मिनेटपछि मात्र मौका पाउँदा सविना भने बेन्चमै थिइन्।

आज श्रीलंकाविरुद्ध नेपाल पहिलो जितको खोजीमा रहनेछ। नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो।

नेपाली टोली

गोलरक्षक – अन्जना रानामगर ‘कप्तान’

डिफेन्डर– सविना चौधरी, सलोनी राना मगर, रोजिना श्रेष्ठ र मन्जु कुमारी खड्का

मिडफिल्डर– मेनुका कुमारी आले मगर, प्रिती राई, रश्मीकुमारी घिसिङ र सविता राना मगर

फरवार्ड– रजनी थोकर र कुशुम खतिवडा

प्रकाशित मिति: : 2021-12-15 16:11:00

प्रतिकृया दिनुहोस्