थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा १८९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी सोही अवधिमा थप २५० जना सङ्क्रमणमुक्त भएका छन्।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ। योसंगै नेपालमा ११ हजार ५७२ जनाले ज्यान गइसकेका मन्त्रालयले जनाएको छ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४२८ रहेको छ।

प्रकाशित मिति: : 2021-12-18 16:36:00

प्रतिकृया दिनुहोस्