डाइनिङ इन द डार्कः निस्पट्ट अँध्यारोमा दृष्टिविहीन वेटरहरूले पस्कन्छन् खाना

रातोपाटी

मनोज न्यौपाने

एकैछिनका लागि भए नि कल्पना गर्नुहोस् त, मानौं तपाईंको आँखाको ज्योति गुम्यो रे, तपाईं दृष्टिविहीन हुनुभयो । अनि त्यसपछिका आफ्ना गतिविधि कस्ता होलान् ? तपाईं आफू कसरी हिँड्न सक्नु होला, कसरी खानु होला ? सोच्नुहोस् त ! एउटा फरक अनि काल्पनिक संसारमा पक्कै पुग्नु भयो होला।

यस्तै अनुभूत गराउन ललितपुरको पुलचोकमा सुरु भएको छ ‘डाइनिङ इन द डार्क’ अर्थात् अन्धकार कोठाभित्र भोजन । ‘एएफडी’ अर्थात् ‘अ फाइन डाइनिङ रेष्टुरेन्ट’को एउटा पाटो हो, ‘डाइनिङ इन द डार्क’ ।

एयर होस्टेसको जस्तो स्वागत शैली

‘सर नमस्कार, म भावना गुरुङ ‘डाइनिङ इन द डार्क’को एक सदस्य । तपाईंहरूलाई हाम्रो रेष्टुरेन्टमा स्वागत छ । म ‘डाइनिङ इन द डार्क’ को बारेमा सामान्य जानकरी गराउन चाहन्छु...भोजनका लागि अँध्यारो कोठाभित्र पस्नुअघिको तपाईंका लागि एयर होस्टेसको जस्तो स्वागत शैली हो यो । 

प्रकाशित मिति: : 2021-12-18 21:48:00

प्रतिकृया दिनुहोस्