एसियाकै पहिलो महिला टेम्पो चालक जाे दरबारकी सुसारे थिइन् [भिडियाे]

काठमाडौँको खाल्डोमा जन्मे पनि लक्ष्मी शर्माले स्कुलको अनुहार देखिनन्। स्कुल जानू शिक्षा मात्र आर्जन गर्नु होइन। जीवनलाई सरल रेखामा अगाडि बढाउनु पनि हो। स्कुल जान नपाएर हो की, उनी सम्झनसक्ने भएदेखि उनको जीवनको रेखा कहिल्यै सिधा चलेन। कखरा पढन स्कुल जान पाइएन। स्कुल नजानु भनेको छोरीलाई केटा खोजेर बिहे गर्दिनु हाे।

विक्रम संवद २००६ सालमा काठमाडौँको महारागंजमा जन्मेकी लक्ष्मीको गाइगोठमा जन्म भयो।

‘किन?’

आमाले सुनाएको तितो दुख अनुहार खुम्च्याउँदै उनी सुनाउछिन,‘आमा माइती बस्नु भयो रे। उबेला विवाह गरेर गएकी छोरीले माइतीमा बालक जन्माउँन हुँदैन भन्ने अन्धविश्वास चलेको र छ।' लक्ष्मीकी आमाको पीडी उनको अनुहारमा झल्किन्छ 'आमालाई बेथा लागेपछि पर गोठमा लगेर राखिदिएछन। अनि म जन्मेछु।'

उनी मामा घरमै हुर्किइन। त्यो बेला पढ्न जान अहिलेको जस्तो सहज थिएन। औलामा गन्न सकिने छोरीमान्छेहरु मात्रै स्कूल जान्थ्ये। मामा घरको गोठमा जन्मेकी र हुँर्कदै गरेकी छोरीलाई त्यो बेला कसरी हुन्छ छोरीलाई अन्माएर पठाउने भन्ने मात्र हुन्थ्यो। कि कतै स्याहार सुसार गर्न पठाउने। 'मेरो भागमा सुसारेको काम आइपर्यो।'

त्रिभूवनकी कान्छी बहिनी बुनुमान शाहको सुसारेको लागि १०/१२ जना कन्याहरुको खोजी भएछ दरबारबाट। 'मलाई कहाँ लगिदैछ भन्ने नि थाहाँ थिएन। किन लगिदैछ थाहा थिएन। कसरी म राज परिवारका सदस्यको सुसारे बन्न योग्य भएँ त्यो पनि थाहाँ भएन,' लक्ष्मी त्यो ६ वर्षको वालापन सम्झने प्रयास गर्छिन,'पछि सुनेकी ज्योतिषिलाई हेराएर कन्याको माग गएको थियो रे।'

हो, यहीबेला देखिको जीवन सम्झिने हो भने पनि उनको सहज र सरल रेखामा बगेको छैन। ६ वर्षको उमेरमै बिहानै चरा नउठ्दै फूल टिप्ने, पूजा कोठा सफा गर्ने, मूर्तीलाई चोख्याउने। कहिले काही त्यो बेला उनलाई रमाइलो नि लाग्थ्यो। 'दिन निख्रिदै जान थालेपछि शरीर थाक्थ्यो अनि दिक्क लाग्ने। बाआमाले किन यहाँ ल्याएर छोडेहोलान् जस्तो लाग्ने।'

दुख अनेक भोगे नि उनलाई आफूले सुसारे भएर दरबारमा बसेपछि भने 'सँस्कार' सिकेको भन्ने लाग्छ। 'राजपरिवारले छोरीमान्छेलाई लक्ष्मीको अवतार मान्थ्यो। संस्कार र प्रवचन सुनाउँथ्ये। यो सम्झिदा भने अहिले पनि रमाइलो लाग्छ।'

५ वर्षसम्म बुनुमान शाहको सुसारेको काम गरिन् लक्ष्मीले। उनी ११ वर्षको हुँदा बुनुमानको निधन भयो। त्यसपछि सबै सुसारेहरु आ–आफ्नो घर पठाइए। 'खाली हात घर फर्केकी लक्ष्मीलाई रजस्वला हुनुभन्दा अगाडि नै कन्यादान गरे स्वर्ग पुगिन्छ' भन्ने भूत चढको थियो बाबुआमालाई।

१३ वर्षको उमेरमा शर्मा थरका नावालकसँग बिहे गराइदिए। 'विवाहाको अर्थ समेत नबुझेरै मण्डपमा बसेँ।'

सुसारेको दुख पार लगाएपछि बालखै बुहारीको दुख टाउकोमा आइपर्यो। १७ वर्षको उमेरमा पेटमा बच्चा बस्यो। श्रीमान बिस्तारै टाढा–टाढा हुन थाले। अस्पतालको बच्चो जन्माउने बेला श्रीमान अर्की केटी ल्याएर भेट्न आइपुगे। 'मैले सुख त जन्मको दिनदेखि पाइन होला।'

श्रीमानसँग रातदिन कलह गर्दै २५ वर्षको उमेरमा ३ वटा सन्तान जन्मे। लालनपालन उनको टाउको माथि थपिदै गयो। 'केटाकेटी हुर्काउँन कैयौको घरमा पुगेर भाँडा माझ्ने काम गरिन्। 'हुने खानेहरु नि। घरमा छोरो बिरामी छ भन्दा नि बिदा नदिने। पैसा हुनेहरुको मन मरिसकेको हुने रछ नानी,' उनी भन्छिन।

हातमा सीप नभएपछि मरिने रछ भन्ने लाग्न थालेकैबेला सन २०३८ सालतिर टेम्पो चलाउन सिकिन्। त्यतिमात्र होइन साइलीआमासँग आग्रह गरिन्। 'आमै म अब यही टेम्पो चलाएर खान्छु। अलिकति रिनजोखो दिनु।' साइली आमाले एक शब्द नबाेलेर १० हजार दिइन। यो सम्झिदा मात्र नि अहिले लक्ष्मीको गह भरिन्छ।

अनि सुरु भयो लक्ष्मीको पहिलो महिला टेम्पो लाचकको यात्रा। त्यसपछि पनि उनको यात्रा सहज भएन। 'दुख नि यो टाउकोबाट कहिल्यै हटेन किन हो कुन्नी।'

५ वर्षसम्म महाराजगञ्जदेखि जमलसम्म पाँच वर्ष टेम्पो चलाइन्। टेम्पो थपिन। महिला चालक उत्पादन गर्न थालिन। तै पनि गरी खान दिएनन। 'गुण्डाहरूले महिलाहरूका लागि मात्र चालक राख्छन, हामीलाई चाहिँ छैन' भन्दै टेम्पोहरु फुटाइदिए।

चुनौती र दुख त कति आएआए। 'तै पनि नानी मैले हार मानिन। केकालाई हार मार्नु र नि,' उनले भनिन्।

यति हण्डर खाइसकेपछि भने परिचय बिस्तारै मौलाउन थाल्यो। उनले उत्पादन गरेका महिला चालकहरुको सफलता बाहिर छरिन थाल्यो। राष्ट्रिय अन्तरिष्ट्रय पुरस्काहरु उनको नाममा थपिन थाले। उनको योगदानको कदर हुन थाल्यो। 

नेपालकै पहिलो महिला टेम्पो चालक कुनै बेला दरबारकी सुसारे थिइन। अब उनको परिचयमा उद्धमी, गीतकार समेत थपिएको छ। उनकै नामबाट लेखिएको ‘बिजनेस इन द नेपाल’ नामक पुस्तक बजारमा छ।

प्रकाशित मिति: : 2021-12-22 18:50:00

प्रतिकृया दिनुहोस्