हिजोका कुरामा कलाकार मनिषलाल श्रेष्ठ : घण्टी बजेपछि घरघरबाट हतियार ल्याएर पुलिस लखेट्थे

उकेरा

काठमाडौँ

पाटन दरबार स्क्वायर नजिकैको भेलाछें टोलमा जन्मिएका कलाकार मनिषलाल श्रेष्ठ संस्कृति र देवालयहरुले भरिएको पुरानो बस्तीमा हुर्किए।

उनको घर नजिकै च्यासल टोल छ, जहाँ पुरातात्विक हिसाबले निकै महत्वपूर्ण मूर्ति छ। सो मूर्ति २१ सय वर्ष अगाडि बनाइएको उल्लेख छ।

अहिले त्यो मूर्ति खिइसकेको र चोरी हुने डरले चारैतिर सिल गरिएको छ। यसरी मठ मन्दिर नै सुरक्षित नभएको देख्दा मनिषलालको मन साह्रै पिरोलिन्छ रे।

सानो छँदा उनको खेल्ने ठाउँ मंगरबजार क्षेत्र हुन्थ्यो। उनी साथीहरु जम्मा पारेर फुटबल, गुच्चा लगायतका खेल खेल्थे।

अहिले घरै–घरले भरिएको बस्ती त्यतिबेला खेतै–खेत र हरियालीले भरिएको हुन्थ्यो। शंखमुल पनि उनको घरबाट नजिकै पर्थ्यो। शंखमुलमा गणेशको भव्य मन्दिर र गुठीको मन्दिर थियो। बालक मनिषलाललाई ती मठ–मन्दिरले तान्थ्यो।

प्रकाशित मिति: : 2021-12-24 12:32:00

प्रतिकृया दिनुहोस्