जब इन्स्पेक्टरले वकीटकीबाटै हातखुट्टा भाँचेर लखेट्ने कुरा गरे...

१६ जना बालबालिकाले आत्महत्या गर्दा ११ जना पब्जीको कुलतमा

रातोपाटी

काठमाडाैं

‘मैले भीडलाई वार्निङ गरेको छु, मानेनन् भने म हातखुट्टा भाँचेर लखेट्छु ।’ केही समय पहिले काठमाडौँ प्रहरीको रेडियो सेट (वकीटकी)मा एकाएक यस्तो आवाज सुनियो । यो प्रहरीले बोल्ने सामान्य भाषाभन्दा फरक थियो । कन्ट्रोलमा बसेका प्रहरी लगायत अन्यले पनि यस्तो फरक शैलीको भाषा वकीटकीबाटै सुने । इन्स्पेक्टर आक्रोशित हुनुको कारण पनि खोजे । तर त्यहाँ न भीड भड्किएको थियो, न अन्य केही असामान्य अवस्था नै आएको थियो । तर प्रहरी अधिकारीबाटै यस्तो असामान्य कुरा आएपछि कन्ट्रोल रुमले ती प्रहरी अधिकारीलाई बोलायो । अनि किन यस्तो बोलेको, के भएको हो भनेर सोधपुछ गरे । सोधपुछका क्रममा थाहा भयो कि ती प्रहरी अधिकारी पब्जी खेल्दा रहेछन् र आफू वा आफ्नो टिमबाहेक अन्यलाई शत्रु देख्ने गर्दा रहेछन् र आवेशमै आएर यस्तो हर्कत गरेका रहेछन् । महानगरीय प्रहरी आयुक्त कार्यालयका डिआईजी उत्तम सुवेदीका अनुसार ती प्रहरी अधिकारीलाई तत्कालै काउन्सिलिङका लागि पठाइयो र अहिले ठीक अवस्थामा रहेका छन् ।

प्रकाशित मिति: : 2021-12-25 12:43:00

प्रतिकृया दिनुहोस्