नेतृत्त्वको दौडमा माओवादीका युवा नेता: बाहिर कराउने, भित्र 'दिए खाने'

पदाधिकारीका आकांक्षी व्यवस्थापनमा पनि प्रचण्डकै भर

उकेरा

काठमाडौँ

नेकपा माओवादी केन्द्रमा युवाको पालो कहिले आउँछ? धेरै पटक गरिएको तर उत्तर नपाएको प्रश्न हो यो। बेलाबेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'साथीहरूले रिटायर्ड हुन दिएनन्' भन्दै घुमाउरो पारामा उत्तर भने दिइरहेका छन्।

माओवादीको अन्तरिम विधान २०७८मा पार्टीलाई बहुपदाधिकारीमा लैजाने भनिएको छ। पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव रहने व्यवस्था गरिएको छ। तर, पदाधिकारीको सङ्ख्या तोकिएको छैन।

एमालेसँग पार्टी एकता हुँदा ४० प्रतिशत हिस्सा पाएको माओवादीको नेता व्यवस्थापन त्यहीअनुसार भयो। अदालतको पार्टी ब्युँत्याएपछि भने माओवादीले पुरानै संरचनालाई निरन्तरता दिएको छ।

स्थायी कमिटीका रामबहादुर थापा 'बादल', टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमालेमै रहेपछि हाल माओवादीको स्थायी कमिटी १४ सदस्यीय छ।

प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरले, गणेश शाह, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र चक्रपानी खनाल स्थायी कमिटी सदस्य छन्। 

प्रकाशित मिति: : 2021-12-26 10:57:00

प्रतिकृया दिनुहोस्