माओवादीको समस्या : अण्डा पार्ने, चल्ला नकोरल्ने !

रातोपाटी

अरुण बराल

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्या शिक्षामन्त्री एवं स्थायी समिति सदस्य देवेन्द्र पौडेलले धेरै मिडियामा अन्तरवार्ता दिए । यही सिलसिलामा रातोपाटीले पनि मन्त्री पौडेलसँग अन्तरवार्ता लिएको छ, तर अलि फरक ढंगले । माओवादीमा अन्तरनिहीत विभिन्न ‘कम्पोनेन्ट’मध्ये पूर्वमसाल र पूर्वएकताकेन्द्रका विषयमा पनि हामीले पौडेललाई सोध्यौँ ।

माओवादीका समस्या र कमजोरीहरू के–कस्ता छन् भन्ने प्रश्नमा मन्त्री पौडेलले रोचक प्रतीकात्मक जवाफ दिए । उनले भने, ‘माओवादीको समस्या फुल पार्ने तर नकोरल्ने । भाले–पोथी मिलेर गुँड बनायो, फुल पार्यो, त्यो फुलबाट चल्ला कोरल्ने बेलामा छोडेर हिँड्ने !’

 

महाधिवेशनबाट माओवादीको केन्द्रीय पदाधिकारीमा चुनिने अपेक्षा राखेका पौडेललाई हामीले माओवादीभित्र दुईलाइन संघर्ष या वैचारिक बहस छ कि छैन भनेर प्रश्न गर्दा उनले भने, ‘वैचारिक बहस किन नहुनु ? छ । दुई लाइन, तीन लाइन भनेर प्रकट छैन, तर छलफल बहसका रुपमा छ ।’

 

हामीले पौडेललाई अर्को प्रश्न सोध्यौँ, ‘तपाईंले शिक्षामन्त्री भएपछि के काम गर्नुभयो भनेर राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरूले सोधे भने तपाईंसँग के जवाफ छ ?’ पौडेलले भने, ‘पाँच/छ वटा बलिया जवाफ छन् मसित ।’ प्रस्तुत छ, माओवादीका युवा नेता एवं शिक्षामन्त्री पौडेलसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश–

 

माओवादीको महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा मसालको एउटा समूहमा माओवादी केन्द्रमा प्रवेश गर्‍यो । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले मसालबाट आएका मान्छेहरू इमान्दार र मेहनती हुन्छन् तर, हामी सत्तामा गएपछि अलिकति बिग्रेको जस्तो भएका छौँ, सफाई अभियानलाई यसले सहयोग नै पुग्छ भन्नुभयो । इतिहासतिर फर्केर हेर्दा माओवादी पार्टीभित्र पूर्वमसालबाट आएका धेरै नेताहरू रहेछन् । जस्तो– तपाईं, राम कार्की, केशव नेपाल, डिलाराम आर्चाय लगायत । अहिले लोकेन्द्र लम्साल नेतृत्वको अर्को पंक्ति पनि आएको छ । अब माओवादीभित्र मसालको स्कुलिङ मजबुत भएको हो ? यसलाई कसरी व्याख्या गर्नुहुन्छ ?

प्रकाशित मिति: : 2021-12-27 08:49:00

प्रतिकृया दिनुहोस्