लमजुङमा २९ औं त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता सुरु

लमजुङको सदरमुकाम बेंसीसहरको सहजी खेल मैदानमा त्रिवेणी कपको २९ औं संस्करण सुरु भएको छ। प्रतियोगिताको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मछिरीङ शेर्पाले उद्घाटन गरेका हुन्।

प्रतियोगीताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदैं शेर्पाले सरकारले खेल क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताए। जिल्लामा फुटवल खेलको विकास र प्रवर्धन गरी व्यवसायीकरण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगीता सञ्चालन गरिएको क्लवका अध्यक्ष विनोद गुरुङले बताए।

लमजुङमा आयोजित राष्ट्रव्यापी फुटवल प्रतियोगितामा देशभरका १८ क्लबले भाग लिएका छन्। २९ औँ त्रिवेणी कप २०७८ मा त्रिवेणी कपको पहिलो संस्करणमा पहिलो हुने समूहलाई नगद ५ लाख त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने क्लवका उपाध्यक्ष एवं खेल संयोजक इन्द्र रानाले बताए। यस्तै, दोस्रो हुने समूहलाई रजतपदकसहित नगद ३ लाख प्रदान गरीनेछ। सेमीफाइनल उपबिजेता दुई समूहलाई नगद ५०/५० हजार प्रदान गरिनेछ। यस्तै सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५/१५ हजार, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा काठमाडौं, पोखरा, चितवन, तनहुँ लगायत जिल्लाबाट फुटवल टीम सहभागि भएका छन्। प्रतियोगीताको पहिलो दिन सोमबार आयोजक त्रिवेणी युवा क्लव र नेपाली सेना श्रीजङ गणबीच भएको मैत्रपिुर्ण फुटबल प्रतियोगीतमा ० का विरुद्ध ४ गोल गरी आयोजक त्रिवेणी युवा क्लव विजयी भएको छ। त्रिवेणी रंगशालालाई चिटिक्क पारिएसँगै १ हजार २ सय जना दर्शकले प्याराफिटमा बसेर खेल हेर्न पाउने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति: : 2021-12-27 20:56:00

प्रतिकृया दिनुहोस्