पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नयाँ सालिकका कारण भारतीयहरूबीच विवाद भएको छ।
त्यस प्रतिमालाई भारतको पश्चिमी गोवा राज्यमा राखिएको छ जहाँ फुटबल लोकप्रिय छ। त्यहाँका अधिकारीहरूले उक्त मूर्तिका स्थानीय युवाका लागि प्रेरणाको स्रोत बन्ने आशा गरेका छन्।
तर कुनै बेला पोर्चुगलको उपनिवेश रहेको गोवा स्वतन्त्र भएको ६० वर्ष भयो। भारतको अन्य भूभाग ब्रिटिश शासनबाट स्वतन्त्र भएको १४ वर्षपछि मात्रै गोवा स्वतन्त्र भएको बीबीसीले जनाएकाे छ।
भारतको राष्ट्रिय फुटबल समूहमा पूर्व तथा वर्तमान खेलाडीहरू गोवाकै हुन्। त्यसैले आलोचकहरूले स्थानीय खेलाडीहरूको सम्मान गरिनुपर्ने बताउँदै आएका छन्।
उनले गोवामा रहेका थुप्रै स्वतन्त्रता लडाकुहरूको समेत अपमान भएको बताएका छन्।
भारतमा क्रिकेट लोकप्रिय भए पनि केरला, गोवा, पश्चिम बङ्गाल र उत्तर-पूर्वी राज्यहरूमा फुटबल पनि लोकप्रिय छ।