राष्ट्रिय क्रिकेट: बैतडीको टोली घोषणा

File Photo
File Photo

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ। बन्द प्रशिक्षणका लागि छानिएका २८ जनामध्ये उत्कृष्ट छनोटका आधारमा अन्तिम १४ खेलाडीको नामावली सार्वजनिक गरिएको हो।

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको छ। टोलीका अन्य सदस्यमा खडक बोहरा, नरेन भट्ट, वीरेन्द्र नाथ, दीपक बोहरा, प्रेम बुडाल, लोकेन्द्र चन्द, भूपेन्द्र चन्द, डम्बर बुडाल, प्रदीप चन्द, प्रशान्त कार्की, जगदीश चन्द, सुरेन्द्र चन्द र गजेन्द्र बोहरा छन्।

यस्तै राजु भाट, सुनिल चन्द, रिशिकेश बोहरा र दिपेन्द्र जोशी वैकल्पिक खेलाडीका रुपमा छनोट भएका छन्। बैतडीको उक्त टोली कञ्चनपुरमा जारी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछ। बैतडीको पहिलो खेल पुस १७ गते डोटीसँग रहेको छ। प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइने छ। उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप  राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ देखि गतेदेखि काठमाडौँमा हुँदैछ। 

प्रकाशित मिति: : 2021-12-31 13:29:00

प्रतिकृया दिनुहोस्