पढेर कति अगाडि बढे महिलाहरु ?

रातोपाटी

काठमाडौँ

एउटा निजी एयरलाइन्स कम्पनीमा कार्यरत छदाँ अफिसमा मेरो एकजना मिल्ने साथी थिइन्। पदले सिनियर भए पनि उनले मलाई साथी बनाइन्। अफिसमा म्याम भनेर बोलाए पनि अफिस बाहिर उनले मलाई नामले बोलाउन भन्थिन्। म गाउँबाट आएकी थिएँ, उनी काठमाडौंकी थिइन्। तरपनि हामीबीचको मित्रता गहिरो थियो।

एकदिन उनले मलाई घरमा खाना खान बोलाइन्। छुट्टीको दिन पारेर म गएँ। सासू–ससुरा जेठाजु र जेठानी रहेछन् परिवारमा। सबै पढेलेखेका शिक्षित र सम्पन्न थिए। सबैजना आ–आफ्नो फोनमा व्यस्त थिए। तर, त्यहाँ साथीकी जेठानी एक्लै भ्याई– नभ्याई काम गरेको गर्यै देखिन्थिन्। हामी सबैलाई ब्रेकफास्ट उनैले गराइन्। र, फेरि किचनमा खाना बनाउनतिर लागिन्।

एक मनले साथीलाई जाउ न दिदीलाई सघाउ भन्न मन लागेको लाग्यो। तर, अर्काको घर, के भन्ने, के नभन्ने भयो। मलाई ती दिदी एक्लै खटिएको देखेर मनले मानेको थिएन। खाना पाकेपछि खाना खान लाज लाग्यो।

मैले साथीसँग सोधें, तिमीलाई सन्चो छैन? उनले प्रतिपक्ष्श्न गरिन्, ‘किन ?’ मैले फेरि सोधें, ‘दिदीले एक्लैले खाना बनाउनुभयो।’

प्रकाशित मिति: : 2022-01-01 12:40:00

प्रतिकृया दिनुहोस्