जग नै कमजोर ‘कठपुतली’ उर्फ प्रकाश सपुतको बदला बरिलै

कथाले डर नलागे पनि कलाकारको मेकअपले दर्शक तर्सन्छन्

उकेरा

काठमाडौँ

कहिल्यै यस्तो फिल्म हेर्नुभएको छ, जसले आँखा बन्द गर्न बाध्य पारोस्, कानलाई नजरअन्दाज गर्ने हजार उपाय दिमागले सोचोस्। यो अनुभूतिको नाम हो डर। जसले बच्चादेखि वृद्ध, धनी देखि गरिब, शक्तिवान्देखि निर्बल सबैको हावा निकाल्न सक्छ।

भूत, प्रेत, आत्मा। यिनीहरूसँग कहिल्यै वास्तविक जीवनमा भेट भएको छ? यिनीहरूकै परिवारका सदस्यहरू हुन् किचकण्डी र मुकुर्टाहरु। यहाँ हामीले मुकुर्टाका कुरा गरिरहेका छैनौँ, किचकण्डीका आत्माहरू सलबलाइरहेका छन्, राजासँग बदला लिन।
आम नागरिकहरू राजाको शासन विरुद्ध आन्दोलनमा छन्।

देशका युवराज आकाशदिप (कर्मा शाक्य)लाई राजा हुनुछ, आफ्नो भर्खर जन्मेको छोरालाई दरबार सुम्पनु छ। त्यसैले उ नागरिकलाई भेडा सोच्दै माफी मागेर राज्य जोगाउन पिताजीसँग बिन्ती गर्छ। तर राजा सहित राजपुरुषहरू नागरिकका अघि घुँडा टेक्न चाहँदैनन्।

जनताको साथ नपाएर दरबार कमजोर बनेको छ। यही मौकामा किचकण्डीहरु दरबारसँग बदला लिने सोचमा छन्। राजा महाराजाको भोग विलासीका सामान बनेका, बलात्कारपछि गर्भवती भएका महिलाहरूलाई दरबारले मार्ने गरेको थियो।

 

 

प्रकाशित मिति: : 2022-01-01 12:46:00

प्रतिकृया दिनुहोस्