न्यूयोर्कमा आयोजित ‘न्यू ईयर ईभ २०२२’ को सांगीतिक कार्यक्रममा गायक राजेश राईले कडा जवाफ दिएका छन्।
स्टेजमा गीत गाइरहेको बेला छेउतिरबाट विस्तारै आएका एक दर्शकले घाँटी समातेपछि उनले शब्दमार्फत प्रतिकार गरेका हुन्।
‘अगाडिबाट आएको म ज्वालामुखी पनि निल्छु, पचाउँछु जस्तो लाग्छ। तर मलाई पछाडिबाट आएको अंगालो झनै स्वीकार्य छ’, आफूमाथि हातपात भएपछि कार्यक्रममा बोल्दै गायक राईले भने, ‘राजेश पायल राई न कहिले हार्न जान्दछ, न कहिले भाग्न जान्दछ।’
उनले कार्यक्रममा लफडा भएपनि कार्यक्रमको अन्तिम समयसम्म गीत गाएर भरपुर मनोरञ्जन दिलाएका छन्।
सामाजिक सञ्जालमा उनले यो बिषयमा बोलेका छैनन्। बरु उनले टोपी दिवसको शुभकामना दिएर पोस्ट गरेको फोटोमा लफडाबारे धेरैले जिज्ञासा राख्दै कारवाहीको माग गरेका छन्।