एबीसीमा भारी बोकेर २५ वर्ष बिताएका गोर्खाली

शिलापत्र

काठमाडौँ

गाउँमा वस्तुभाउ चराएरै दिन बित्थ्यो। इमानसिंहसँगै गोठाला जाने साथीभाइलाई बजार गएर काम गर्ने रहर जाग्यो। त्यतिबेला गोरखा लाप्राकका इमानसिंह गुरुङ भर्खर २२ वर्ष पुगेका थिए। परिवारिक जिम्मेवारी बुझेर पैसा कमाउन उनी पनि साथीकै लहैलहैमा गाउँ छोडेर पोखरा आइपुगे।

काम खोज्दै साथीसँग पोखरा आएका गोरखाको धार्चे गाउँपलिका, लाप्राकका इमानसिंह अहले ४७ वर्ष भएका छन्। उहिले एक-दुई महिनामा फर्कने भनेर घरबाट भागेका उनी आजकल हिमालको फेदी पुग्ने बाटोमा भेटिन्छन्। इमानसिंह भरिया हुन्। उनी कास्कीस्थित अन्नपूर्ण आधार शिविर (एबीसी)पदमार्गमा भारी बोक्छन्। सामान ल्याउन आधार शिविरका होटलका आ-आफ्नै भरिया छन्। इमान आधार शिविरको पुरानो अन्नपूर्ण गेस्ट हाउसका भरिया हुन्।

भैँसी गोठ बस्दाबस्दै दौँतरीबीच बजार झरेर काम गर्ने सल्लाह भएको उनी सुनाउँछन्। ‘गोठमा ठूलाहरूले कराउँथ्ये। साथीले पनि जाम भन्यो। अहिले त्यो साथी पनि यहीँ छ । त्यतिबेला एक-दुई महिना जाऊँ, त्यसपछि फेरि फर्किउँला भनेर हिँडेको हो,’ इमानसिंह साढे दुई दशकअघि पुगे। 

प्रकाशित मिति: : 2022-01-02 16:04:00

प्रतिकृया दिनुहोस्