प्रचण्डको ‘परिवारपथ’

शिलापत्र

काठमाडौँ

महाधिवेशन प्रतिनिधिलाई भूमिकाहीन बनाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बगलीबाट २ सय ३६ जना केन्द्रीय सदस्यको सूची निकाले।

परिवारवादको चर्को आलोचना गर्दै महाधिवेशनमा प्रतिवेदन पेस गरेका प्रचण्डले बगलीबाट निकालेको केन्द्रीय सदस्यको सूचीमा भने आफ्नो परिवारका तीन जना सदस्यको नाम राखे । प्रचडले पेस गरेर पारित समेत भइसकेको केन्द्रीय सदस्यको सूचीमा उनीसहित उनका परिवारका चार जना छन् । ३५ वर्षदेखि माओवादी पार्टीको नेतृत्वमा रजाइँ गरिरहेका प्रचण्डले यसपटक आफूले आफूलाई केन्द्रीय सदस्य बनाए ।

‘महाधिवेशन कस्तो हुन्छ हामी देखाउँछौँ’ भन्दै नेकपा एमाले अध्यक्ष ओलीलाई चुनौती दिएका प्रचण्डले ओलीकै शैली पछ्याउँदै बगलीबाट केन्द्रीय सदस्यको सूची बन्दसत्रमा पढेर सुनाए ।  प्रचण्डले भाइ नारायण दाहाल, छोरी रेनु दाहाल र बुहारी विना मगर (दाहाल) लाई केन्द्रीय सदस्य बनाइछाडे ।

प्रकाशित मिति: : 2022-01-03 13:25:00

प्रतिकृया दिनुहोस्