तीन दिनमा दिल्लीमा कोरोना संक्रमित तीन गुणा बढे, २४ घण्टामा १० हजार संक्रमित

बिएल संवाददाता

नयाँ दिल्ली 
Symbolic photo
Symbolic photo

भारतको दिल्लीमा कोरोना संक्रमित तिव्र रुपमा बढिरहेका छन्।

पछिल्लो २४ घण्टामा १० हजार भन्दा धेरै संक्रमित थपिएका छन्। सो अवधिमा ८ जनाको मृत्यु भएको दिल्ली सरकारले जनाएको छ। दिल्ली सरकारले बुधबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार राज्यमा पछिल्लो २४ घण्टा १० हजार ६६५ संक्रमित दर्ता भएका छन्।

यस अघि मंगलबार दिल्लीमा संक्रमितको संख्या कुल ५ हजार ४८१ संक्रमित फेला परेका थिए। सोमबार ४ हजार र आइतबार ३ हजार जनामा संक्रमण फेला परेको थियो। तीन दिनमा संक्रमितको संख्या तीन गुणा भएको हो। 

प्रकाशित मिति: : 2022-01-05 21:17:00

प्रतिकृया दिनुहोस्