फ्लाइओभरमा मोदी फँसेपछि गृह मन्त्रालयले भन्यो– प्रधानमन्त्रीको सुरक्षामा गम्भीर कम्जोरी

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेटसम्म फ्लाईओभरमा फँसेका छन्। सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री मोदी पन्जाब प्रान्तको एउटा फ्लाईओभरमा फँसेका हुन्। मोदी फँसेको घटनालाई सुरक्षामा गम्भीर कम्जोरी बताइएको छ।

प्रधानमन्त्री मोदी एउटा स्मारकतर्फ जाने क्रममा प्रदर्शनकारी किसानहरुले उनको बाटो रोकेका थिए।

केही साताअघि किसान आन्दोलनमा जथाभावी गाडी चलाएर किसानको हत्या गर्ने गृहमन्त्रीका छोरा र गृहमन्त्रीलाई कारबाहीको माग गर्दै किसानहरुले प्रदर्शन गरेका थिए। गृहमन्त्री अजय मिश्रलाई तत्कालै पदमुक्त गर्न किसानहरुले माग गरेका थिए।

उत्तर प्रदेशमा किसानहरुको आन्दोलनमा अजय मिश्रका छोरा आशिष मिश्रले जथाभावी चलाउँदा चार जना मारिएका थिए। अजयले सुनियोजित ढंगले किसानको हत्या गरेको  किसानसँग सम्बन्धित विभिन्न संघ संगठनले बताउँदै आएका छन्।

‘यो प्रधानमन्त्रीको सुरक्षामा एउटा गम्भीर कमोजरी हो,’ गृह मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ। प्रधानमन्त्री मोदीले फेरोजपुर सहरमा आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो। कमजोर सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीको गाडी विमानस्थल फर्काइएको थियो। 

प्रकाशित मिति: : 2022-01-06 09:24:00

प्रतिकृया दिनुहोस्