नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिता टी-२० फर्म्याटमा आयोजना गर्ने भएको छ।
क्यानका कार्यबाहक सविच प्रशान्तबिक्रम मल्लले २६ पुसबाट सुरु हुने प्रतियोगिता अब टी-२० फर्म्याटमा हुने न्युज कारखानालाई बताए।‘आज राखेपबाट स्वीकृत भएको छ। अब टी-ट्वान्टी फर्म्याटमा प्रतियोगिता हुन्छ,’ उनले भने।
यसअघि प्रतियोगिता एकदिवसीय (५० ओभर) हुने गरेको थियो। नेपालले आगामी महिना ओमानमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। त्यसको तयारीमा लागि नेपाली टोलीले आफ्नो अभ्याससमेत सुरु गरिसकेको छ।
२६ पुसबाट हुने भएसँगै क्यानले सहभागी खेलाडीलाई छाड्नेछ। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले ३६ लाख ५० हजार विनियोजन गरेको कार्यबाहक सचिव मल्ले जनाए।