आजदेखि साेमबारसम्म वर्षा र हिमपातकाे सम्भावना

Photo: Etikhabar.com
Photo: Etikhabar.com

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।तराईका केही भूभागमा हुस्सु-कुहिरो लागेको छ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

आइतबार  सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

साेमबार  पनि वर्षाकाे सम्भावना छ। महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा पानी पर्नेछ। लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2022-01-08 08:07:00

प्रतिकृया दिनुहोस्