चिली चौथो चरणको कोभिड खोप दिने विश्वकै पहिलो देश 

Reuters
Reuters

 चिलीले अर्को सातादेखि कमजोर प्रतिरक्षा प्रणाली नागरिकहरूलाई कोरोना भाइरस खोपको चौथो खुराक दिन थाल्नेछ।

चिली चौथो चरण कोभिड खोप दिने ल्याटिन अमेरिकाको पहिलो र विश्वकै पहिलो देश  हुने रोयटरले बताएको छ।

'आउँदो सोमबार, जनवरी १० देखि हामी चौथो डोज वा दोस्रो बुस्टर डोजको साथ नयाँ सामूहिक खोप प्रक्रिया सुरु गर्न जाँदैछौं,' पिनेराले पत्रकार सम्मेलनमा भने।

चिलीसँग विश्वको सबैभन्दा उच्च खोप दरहरूमध्ये छ र ८५५ भन्दा बढी जनसंख्यालाई दुई खुराकहरू लगाइसकेको छ।  तथ्याङक अनुसार, लगभग ५७५ जनाले तेस्रो बूस्टर शट प्राप्त गरेका छन्।

अत्यधिक संक्रामक ओमिक्रोन संस्करण विश्वव्यापी रूपमा फैलिरहेको बेला चिलीको साे घोषणा आएको हो। धेरै देशहरूले खोप लगाइएका जनसंख्याहरूमा पनि उच्च कोभिड-१९ केसको रिपोर्ट गरिरहेका छन्।

मेक्सिकोमा गत सातामा दोब्बर भन्दा बढी भएका छन्, जबकी पेरूले यस साता नयाँ प्रतिबन्धहरू लगाएको छ।

'खोप प्रक्रियामा चिलीले पाएको सफलताले हामीलाई यस महामारीसँग लड्न सफल भएकाले संसारका उत्कृष्ट देशहरूमा राख्छ' पिनेराले थपे, 'चौथो खुराकको साथ हामी यो नेतृत्व स्थिति कायम राख्न र हाम्रा देशबासीहरूको स्वास्थ्य र जीवनको रक्षा गर्न खोज्छौं।'

चौथो डोजका लागि खोपहरू फाइजर(बायोएनटेक, सिनोभ्याक र एस्ट्राजेनेका सहित चिलीमा हालसम्म प्रयोग भइसकेको उही शटहरूको संयोजन हुनेछ, स्वास्थ्यमन्त्री एनरिक पेरिसले भने।

पहिलो र चौथो खुराकहरूबीचको विभिन्न खोपहरूको यो संयोजनले प्रतिरक्षा प्रतिक्रियामा सुधारमा मद्दत पुग्ने  पेरिसले बताए।

चिलीले डिसेम्बरको सुरुमा ओमिक्रोन भेरियन्टको पहिलो केस रिपोर्ट गरेको थियो र यस संस्करणको ६९८ केसहरू रिपोर्ट गरिएको पुष्टि गरेको छ, जसमा धेरै जसो देश बाहिर यात्रा गरेका मानिससँग मिलेकाे छ। 

प्रकाशित मिति: : 2022-01-08 13:10:00

प्रतिकृया दिनुहोस्