दुर्घटनामा जीप चालकको मृत्यु

File Photo
File Photo

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए। सडकमा पल्टिँदा घाइते भएका चालकलाई दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। 

प्रकाशित मिति: : 2022-01-09 10:06:00

प्रतिकृया दिनुहोस्