जसले डुबाए सर्वसाधारण

कुनै समय सुधीर बस्नेत चर्चित घरजग्गा व्यवसायी थिए। हाउजिङ र सहकारीमार्फत हजारौं सर्वसाधारण ठगे। ओरेन्टल सहकारीका अध्यक्षसमेत रहेका बस्नेतबाट सहकारीका निक्षेपकर्ता, अपार्टमेन्ट बुकिङकर्ता, सेयर सदस्य तथा अन्य साहू पीडित छन्। जब घरजग्गामा मन्दी आयो एकाएक ओरालो लागे।

ओरेन्टलको दायित्व १६ अर्ब १ करोड ४५ लाख रुपैयाँ तिर्नुपर्ने छ। ओरेन्टलबाट ९ हजार जना पीडित छन्। उनीहरूको ८ अर्ब ४० करोड सावाँ निक्षेप डुबेको छ। त्यस्तै ६ सय ८१ जनाले अपार्टमेन्ट बुकिङका नाममा ओरेन्टल र कोअपरेटिभका अध्यक्ष सुधीर बस्नेतबाट ठगिएका छन्। सहकारी संस्थाका निक्षेपकर्ताको ८ अर्ब ३८ करोड र अपार्टमेन्ट बुकिङकर्ताको ४ अर्ब ९२ करोड रकम फसेको छ। तर, सुधीर बस्नेत छाती फुलाएर हिँडिरहेका छन्। उनले निक्षेपकर्तालाई निक्षेप फिर्ता गर्न विभिन्न बहाना बनाइरहेका छन्। 

प्रकाशित मिति: : 2022-01-10 11:47:00

प्रतिकृया दिनुहोस्