माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

File Photo
File Photo

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ।

आइतबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को बैठकले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको थियाे।

मन्त्रालयमा सोमबार बसेको बैठकले साेही सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हाे। बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो। बन्दको मोडालिटीबारे आजै सूचना जारी गर्ने मन्त्रालयले जनाएकाे छ।

कोरोनाको नयाँ प्रजाति आमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढेपछि सिसिएमसीले विद्यालय बन्दकाे सिफारिस गरेकाे थियाे।

कम्तीमा पनि १५ दिन विद्यालयलगायत बढी भीडभाड हुने सार्वजनिक स्थानलाई बन्द गर्न सिफारिस गरेकाे थियाे। 

प्रकाशित मिति: : 2022-01-10 12:30:00

प्रतिकृया दिनुहोस्