म्यानमारकी प्रजातन्त्रवादी नेतृ सूकीलाई चार वर्ष जेल सजाय

File Photo
File Photo

म्यानमारको एक अदालतले प्रजातन्त्रबादी नेतृ आङ सान सूकीलाई चार वर्ष जेल सजाय सुनाएको छ। विभिन्न तीन ओटा मुद्दामा दोषी ठहर गर्दै अदालतले सूचीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो।

नोबेल शान्ति विजेता सूची गत वर्षको १ फेब्रुवरीदेखि नजरबन्दमा राखेको छ। ७६ वर्षीय सूचीमाथि गैरकानुनी ढंगले वाकी–टकिज लिएको कोभिडसम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेको छ। कु गरेको दिन सेनाले उनको घरमा छापा मार्ने क्रममा वाकी–टकिज फेला पारेको थियो।

यसअघि डिसेम्बरमा सुकीलाई अदालते विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो। उत्तेजना फैलाएको र कोभिड नियम उल्लंघन गरेको आरोप लागेको थियो। सेनाको जुन्ता सरकारले पछि सो सजाय आधा घटाएर दुई वर्ष बनाएको थियो। 

प्रकाशित मिति: : 2022-01-10 12:32:00

प्रतिकृया दिनुहोस्