एमाले कैलाली अध्यक्षमा थापा विजयी

नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी भएका छन्। थापाले प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गरेका हुन्।

आठौं अधिवेशनमा भएकाे चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले चन्दले २ सय ८३ मतमा चित्त बुझाए।

एमाले कैलालीको उपाध्यक्षमा दुर्गा जोशी विजयी भएका छन्। उपाध्यक्षका अर्का प्रत्यासी सीताराम बुढाथोकीलाई पराजित गर्दै जोशी विजयी भएका हुन्।

जोशीले ३ सय २७ मत पाए भने बुढाथोकीले २ सय ९ मत पाएका हुन्। सचिवमा डेजी पाण्डे २ सय ९४ मत ल्याएर विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी दानबहादुर विक २ सय ६० मत ल्याएर पराजित भएका छन्।

उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन्।उपाध्यक्ष र सचिवमा विजयी भएका जोशी र पाण्डे दुबै चन्द प्यानलका उममेदवार हुन्।

प्रकाशित मिति: : 2022-01-11 08:23:00

प्रतिकृया दिनुहोस्