सेनेगल, ग्वेना, मोरक्को र गाबोनको विजयी सुरुआत

सेनेगल, ग्वेना, मोरोक्को र गाबोनले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गरेका छन्। 

समूह ‘सी’ को खेलमा मोरोक्को विजयी हुँदा घाना भने पहिलो खेलमै स्तब्ध भयो। ८३ औं मिनेटमा सोफाने वोउफलको निर्णायक गोलमा मोरक्कोले घानालाई १–० ले पराजित गर्यो।  

समुह ‘सीुको अर्को खेलमा गाबोनले कोमारसोसलाई १–० ले पराजित गरेको छ।  समूह ‘बी’ अन्तर्गतको खेलमा गिनियाले मलावीलाई १–० ले हरायो। ३५औं मिनेटमा इसाघा सेलाले गरेको गोल ग्वेनालाईको लागि तीन अंक पर्याप्त रह्यो। 

यता,सेनेगलले सुखद सुरुआत गर्ने क्रममा जिम्बाव्वेलाई १–० ले निराश पार्यो। इन्जुरी समयको सातौ मिनेटमा साडियो मानेले गरेको गोलमा सेनेगल विजयी भयो। 

प्रकाशित मिति: : 2022-01-11 09:15:00

प्रतिकृया दिनुहोस्