पृथ्वीनारायण शाहलाई कीर्तिपुरमा रोक्ने कीर्तिलक्ष्मी वास्तविक पात्र हुन् कि काल्पनिक ?

उकेरा

काठमाडौँ

‘गोर्खालीले कीर्तिपुर जितिसकेपछि त्यहीँकी एक महिलाले गोर्खाली फौजलाई लुकी-लुकी वाण वा अन्य हतियार प्रहार गरिन्।’

यो भनाइ पढेपछि लेखक एवं इतिहासकार बासु पासाले ती अनाम महिलाको नाम राखे कीर्तिलक्ष्मी। कीर्तिलक्ष्मीलाई केन्द्रविन्दुमा राखेर ऐतिहासिक उपन्यास पनि लेखे उनले। नेपाली भाषामा ‘भैरव सिंह’ र सोही किताबलाई उनले नेवारीमा नाम राखे ‘कीर्तिलक्ष्मी’।

इतिहासकार पासाले कीर्तिलक्ष्मीबारे लेखेपछि उनी को थिइन् भनेर बहस भयो। तर इतिहासकारहरुले आजसम्म कुनै तथ्य फेला पार्न सेकका छैनन्।

काल्पनिक पात्र कीर्तिलक्ष्मी

गोरखालीले कीर्तिपुरमा वि.सं. १८२२ मा विजय हासिल गरे। वि.सं.१८१४, वि.सं. १८२१ र वि.सं. १८२२  गरी तीन पटकको आक्रमणमा गोर्खालीले कीर्तिपुरमाथि विजय हासिल गरेका थिए।

प्रकाशित मिति: : 2022-01-11 14:04:00

प्रतिकृया दिनुहोस्