बर्दियामा एक लाख नगदसहित १० जना जुवाडे पक्राउ 

Symbolic photo
Symbolic photo

बर्दियामा एक लाख बढी नगदसहित १० जना जुवाको खालबाट पक्राउ परेका छन्। 

मंगलबार दिउँसो १ बजे बाँसगढी नगरपालिपका वडा नं. ७ बड्की देउडास्थित दुलीचन थारुको घरबाट १० जना १ लाख ८२ हजार ४ सय ५० रुपैयाँसहित उनीहरु पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–७ बस्ने ३४  वर्षका दुलीचन थारु,  सोही ठाउँका ३९ वर्षका आईतवारी थारु, ९ बस्ने ४० वर्षका श्याम प्रसाद थारु, सोही वडाका ३५  वर्षका रामकुमार थारु रहेका छन्।

त्यस्तै बाँसगढी नगरपालिका वडा नं ९ बस्ने वर्ष ५० का भागीराम कुमाल, सोही ठाउँका ३५ वर्षका सिताराम थारु, ४३ वर्षका उपेन्द्र खड्का, वडा नं.८ बस्ने ४० वर्षका मोहम्मद अली, ३ बस्ने २६ वर्षका मनोज कुमार थारु र ५ बस्ने ४३ वर्षका रबिन्द्र सापकोटा रहेका छन्।

जुवा खेलिरहेका छन् भन्ने विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-01-11 18:30:00

प्रतिकृया दिनुहोस्