एमाले जिल्ला अधिवेशन : प्रदेश एकमा पाखा लागे १० बुँदे पक्षधर

file photo
file photo

नेकपा एमाले प्रदेश १ मा १० बुँदे पक्षधर कमजोर देखिएको छ। १२ जिल्लाको अधिवेशन सकिँदा १ जिल्लामा मात्रै १० बुँदे पक्षधरका नेता अध्यक्ष बनेका छन्। पूर्व मुख्यमन्त्री शेरधन राइको गृह जिल्ला भोजपुरमा शरण राई अध्यक्ष बनेका छन्। आफूलाई बलियो बनाउनका लागि पूर्व मुख्यमन्त्री राईले शरणलाई सर्वसम्मत अध्यक्ष बनाएका हुन्।

अन्य जिल्लामा भने १० बुँदे पक्षका नेताहरू पाखा लागेका हुन्। यसअघि नेतृत्व गरिरहेका तेह्रथुमका अध्यक्ष लक्ष्मण तिवारी तथा ताप्लेजुङका बलबहादुर साम्सोहाङ भने पाखा लागि सकेका छन्।

शुक्रबारदेखि जारी एमाले जिल्ला अधिवेशनले सखुवासभा र सुनसरी बाहेकमा नेतृत्व टुङ्गाएको छ। सुनसरीमा अध्यक्षमा रेवती रमण भण्डारी, खेमराज पोख्रेल र द्वारिकलाल चौधरी चुनावी प्रतिस्पर्धामा थिए। सुनसरीमा आज चुनाव भएको छ।

संखुवासभामा भने  केपी ओलीले हिजो मात्रै अधिवेशनको उद्घाटन गरेका थिए। एमाले झापा, मोरङ, धनकुटा, खोटाङ, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, पाँचथर र उदयपुरमा सर्वसम्मत नेतृत्व चयन गरेको छ।  

प्रकाशित मिति: : 2022-01-11 21:01:00

प्रतिकृया दिनुहोस्