निगमले बढायो पेट्रोलिय पदार्थकाे मूल्य

नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेकाे हाे।

अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ। घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ।

‘सो रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्नुपर्ने बाध्यात्मक स्थिति समेत सिर्जना भएको छ। तसर्थ निगमले प्रचलनमा ल्याएको स्वतः मूल्य निर्धारण संरचनालाई क्रियाशिल बनाई सो अनुरुप मूल्य समायोजन गर्दै जानुपर्ने देखिएको हुँदा आज राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/मटि्लतेलको साबिकको बिक्रि मूल्यमवृद्धि गरिएको हो,’ निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

काेभिड महामारीबीच निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएकाे हाे।

प्रकाशित मिति: : 2022-01-19 20:44:00

प्रतिकृया दिनुहोस्