तपाईं इन्टरनेट दुर्व्यसनमा त हुनुहुन्न ?

शिलापत्र

नवराज कुँवर

काठमाडाैं गोठाटारका १४ वर्षे विशाल रुपाखेती दुई वर्षभित्र अस्वाभाविक रूपमा मोटाए । ८ कक्षामा पढ्ने विशालको तौल ६५ किलो भयो । उनका आँखाहरू कमजोर भए । सहपाठीहरूले ‘मोटे’ ‘चस्मे’ भनेर जिस्क्याउन थालेपछि उनी स्कुल जानै छोडे ।

उनका बुबा-आमा चेतराज र शान्ति चप्पल कारखानास्थित एक जुत्ता फ्याक्ट्रीमा काम गर्छन् । बिहान ८ बजे घरबाट निस्केर साँझ ७ बजे मात्र आउने भएकाले उनीहरूले आफ्नो छोरालाई पर्याप्त समय दिन सकेनन् । यद्यपि, गच्छेले भ्याएसम्म छोराले मागेका चीजवस्तु भने उनीहरूले पुर्‍याइदिएका थिए । 

दुई वर्षअघि, एक दिन विशालले साइबर क्याफे जाने भनेर ३० रुपैयाँ मागे । कम्प्युटर सिक्ने होला भनेर शान्तिले विशाललाई पैसा दिइन् । दुई दिनलगत्तै विशालले फेरि साइबर जाने भन्दै पैसा मागे । उनले बिनाकुनै प्रश्न पैसा थमाइन् । यो क्रम जारी रह्यो । आफूहरू व्यस्त हुँदा छोरा कम्प्युटरमै भुलोस्, केही सिक्छ भनेर शान्तिले दैनिक पैसा दिँदै गइन् । विशाल दैनिक साइबर धाउन थाले । उनले माग्ने राशिसँगै साइबरमा बिताउने समय पनि बढ्दै गयो । ‘थोरै समय पायो कि साइबरतिर दौडिहाल्छस्, यो तरिका भएन भनेर मैले गाली गरेपछि उसले मोबाइल किनिदिनु न त भन्यो’, चेतराज सम्झिन्छन्, ‘अनि उसकै रोजाइमा २४ हजार हालेर एउटा फोन किनिदिएँ ।’ छोराकै आग्रहअनुसार उनीहरूले घरमा वाइफाइ जोडे । 

प्रकाशित मिति: : 2022-01-21 22:10:00

प्रतिकृया दिनुहोस्