कोभिडले न्युजिल्यान्डकी प्रधानमन्त्रीको विवाह स्थगित

File Photo
File Photo

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले कोभिडका कारण विवाह स्थगित गर्न बाध्य भएको बताएकी छिन्। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि प्रधानमन्त्री आर्डेनले विवाह स्थगित गरेकी हुन्।

‘ कोभिडका कारण मेरो विवाह यसअघि तोकिएको मितिमा नहुने भएको छ,’ उनले भनिन्। सरकारले विवाहलगायतका ठूला जमघट हुने कार्यक्रममा बढीमा १०० जना मानिस भेला हुन पाउने जनाएको छ । तर, ती सबै जनाले पूर्ण खोप लगाएको हुनुपर्छ।

आफू महामारीबाट प्रभावित न्युजिल्यान्डका अन्य नागरिक जस्तै प्रभावित भएको उनले बताएकी छिन्। ‘महामारीका कारण म पनि अन्य नागरिक जस्तै प्रभावित बनेकी छु,’, प्रधानमन्त्रीले भनिन्।

प्रकाशित मिति: : 2022-01-23 12:01:00

प्रतिकृया दिनुहोस्